हेम्जा जीप दुर्घटनामा तनहुँकी बसन्तीको मृत्यु, चालक फरार

कास्की | पुस १, २०७९

हेम्जा जीप दुर्घटनामा तनहुँकी बसन्तीको मृत्यु, चालक फरार PHOTO: SUJAN AACHARYA

कास्की:   पोखरा महानगरपालिका २५ हेमजास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

पर्वतबाट पोखरा आउँदै गरेको ग २ च २६८४ नम्बरको बोलेरो जीप आज (शुक्रबार) बिहान १: २० बजे हेम्जामा दुर्घटनामा हुँदा तनहुँको व्यास नगरपालिका ५ बाह्रबिसे घर भई पोखरा १० शिवचोक बस्ने ३७ वर्षिया बसन्ती मगरको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार जीपले अनियन्त्रित भई दायाँतर्फको विद्युतको पोलमा ठक्कर दिएको थियो । ठक्करपछि घाइते मगरको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको इन्सपेक्टर खड्काले बताए । 

 

उनले सो दुर्घटनामा परि म्याग्दीको मंगला गाउँपालिका १ घर भई पोखरा महानगरपालिका १९ लामाचाैर बस्ने ४७ वर्षिय गजेन्द्र पुन घाइते भएको जानकारी दिए । ‘दुर्घटनबाट एक जनाको मृत्यु भएको छ भने अर्काे एक जना घाइते हुनुहुन्छ । उहाँको अवस्था मध्ययम छ, इन्सपेक्टर खड्काले भने, ‘अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।’

 

दुर्घटनापछि चालक फरार रहेको बताउदै खोजी कार्य तिब्र पारेको उनले बताए । ‘तीन जना रहेको सो गाडाीको चालक फरार छन्, उनको खोजीकार्य तिब्र पारेका छौ ।’ खड्काले भने ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो जीप पर्वतबाट सुन्तला खरिद गरेर आज बिहान पोखरा फर्किएको थियो । 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्